काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया आगामी वैशाख २ गतेदेखि सुरु हुने भएको छ । निर्वाचन समिति संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार वैशाख २ गते प्रक्रिया सुरु गरी वैशाख ४ गते निर्वाचन गर्ने तयारी गरिएको छ ।
प्रतिनिधिसभामा कांग्रेसका प्रत्यक्ष र समानुपातिक गरी ३८ सांसद छन् । दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्म आङदेम्बे, मोहन आचार्य र भरतबहादुर खड्का लगायतले दाबी प्रस्तुत गरेका छन् ।
यसबीच पुराना नेताबीच प्रतिस्पर्धा भइरहेका बेला युवा पुस्ताबाट योगेश गौचन थकाली, निश्कल राई र बासना थापा मध्ये एकलाई अघि सार्नुपर्ने दबाबसमेत देखिएको छ ।







