काठमाडौँ – यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा आरक्षित सिट अनिवार्य कार्यान्वयन नगरे कारबाही गर्ने चेतावनी दिएको छ । विभागले सूचना जारी गर्दै यात्रुवाहक सवारीसाधनमा अशक्त व्यक्तिका लागि चार र महिलाका लागि दुई सिट अनिवार्य रूपमा आरक्षित राख्नुपर्ने व्यवस्था कार्यान्वयन नभएको पाइएको जनाएको छ ।
लामो तथा छोटो दूरीका सवारीसाधनहरूले यस्तो व्यवस्था पालना नगरेको गुनासो बढेपछि विभागले कडाइका साथ कारबाही गरिने स्पष्ट पारेको छ ।
यस्तै, लामो दूरीका सवारीका हकमा गन्तव्यतर्फ प्रस्थान गर्नुभन्दा कम्तीमा चार घण्टा अघिसम्म आरक्षित सिट सुरक्षित राख्नुपर्ने पनि विभागले जनाएको छ ।







