एक जना यात्रुका लागि बढीमा तीन जना मात्रै विमानस्थलसम्म आउन आग्रह

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले एक जना यात्रुका लागि बढीमा तीन जना मात्रै विमानस्थलसम्म आउन आग्रह गरेको छ ।

विमानस्थलमा अत्यधिक भिडभाड बढ्दै गएको भन्दै प्राधिकरणले सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो । हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान संख्या वृद्धि भएसँगै यात्रुको संख्या पनि बढिरहेको छ ।

प्राधिकरणका अनुसार एक यात्रुसँग धेरै व्यक्ति विमानस्थल आउँदा अनावश्यक भीड बढ्ने, सुरक्षा व्यवस्थामा चुनौती थपिने तथा यात्रुहरूको आगमन–प्रस्थान प्रक्रियामा असुविधा हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्