काठमाडौं – प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएका छन्। हिजो बसेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समिति गठन भएको जानकारी दिनुभएको हो।
गठन भएका समितिहरूमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, कृषि, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, शिक्षा तथा सार्वजनिक लेखा समिति रहेका छन्।
यससँगै सङ्घीय संसद् अन्तर्गतका संयुक्त समिति पनि गठन भएका छन्। जसमा संसदीय सुनुवाइ समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति रहेका छन्।







