रुबीकुमारी ठाकुर उपसभामुखमा निर्वाचित, संसद्को इतिहासकै कान्छी पदाधिकारी

काठमाडौं – रुबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित हुनुभएको छ। आज भएको मतदानमा २५ वर्षीया ठाकुर विजयी भएसँगै संसद्ले इतिहासकै कान्छी उपसभामुख पाएको छ।

डोलप्रसाद अर्यालका अनुसार २५७ सांसद उपस्थित भएको मतदानमा ठाकुरको पक्षमा २२९ मत परेको छ भने विपक्षमा ५ र तटस्थ २२ मत खसेको छ। उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेसनेकपा का सांसदले समर्थन गरेका थिए।

उपसभामुखका अर्का उम्मेदवार सरस्वती लामाले भने ५ मत मात्रै प्राप्त गर्नुभयो, जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदको समर्थन रहेको थियो।

सभामुख भने यसअघि निर्विरोध चयन भए पनि उपसभामुखका लागि मतदान भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्