जनकल्याणकारी कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा सरकार सक्षम हुनेमा राष्ट्रपति विश्वस्त

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार बनेको नयाँ सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले जनआन्दोलन, संघर्ष तथा पछिल्लो युवा आन्दोलनमार्फत व्यक्त जनचाहनाअनुसार नागरिक केन्द्रित कानुन निर्माण आवश्यक रहेको बताउनुभयो।

‘जनताको चाहना पूरा गर्न संसद्ले जनकल्याणकारी कानुनी निर्माण गर्नुपर्छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘निर्माण भएका कानुनको मर्मअनुसार परिणाममुखी कार्यान्वयन हुनेछ भन्नेमा म विश्वस्त छु ।’

उहाँले न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुनुपर्नेमा जोड दिँदै त्यसले शहीदहरूप्रति साँचो सम्मान हुने उल्लेख गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्