सङ्घीय संसद् अधिवेशन भोलिदेखि अन्त्य, राष्ट्रपतिले संयुक्त बैठकलाई सम्बोधन गर्ने

काठमाडौं – सङ्घीय संसद्का दुवै सदनको चालु अधिवेशन भोलिदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति कार्यालयका अनुसार भोलि राति १२ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य हुनेछ ।

चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुभएको हो । यसैबीच, राष्ट्रपति पौडेलले भोलि सङ्घीय संसद् को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चुनावपछिको पहिलो अधिवेशनमा राष्ट्रपतिले सम्बोधन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्