राष्ट्रिय योजना आयोगमा ६ सदस्य नियुक्त

काठमाडौं – सरकारले राष्ट्रिय योजना आयोगमा ६ जना सदस्य नियुक्त गरेको छ । नियुक्त हुनेहरूमा अर्जुनजंग थापा, डा. सञ्जय आचार्य, डा. देवेन्द्र गौचन, रेशु अर्याल, डा. सुदन झाडा. पुकार मल्ल रहेका छन् ।

नियुक्त सदस्य थापा भौतिक मन्त्रालयका पूर्वसचिव हुन् भने प्रा. डा. आचार्य त्रिभुवन विश्वविद्यालय का अर्थशास्त्र प्राध्यापक हुन् । त्यस्तै डा. गौचन इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिजका सिनियर फेलो हुन् भने अर्याल शिक्षाविद्का रूपमा परिचित छन् । उनी यसअघि बालेन्द्र शाह काठमाडौं महानगरका मेयर रहँदा सल्लाहकारको भूमिकामा थिइन् ।

प्रा. डा. झा काठमाडौं विश्वविद्यालयका कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ प्राध्यापक हुन् भने डा. मल्ल गभर्नेन्स ल्याबका सहसंस्थापक तथा अध्यक्ष तथा नेपाल लिडरसिप एकेडेमीका कार्यकारी कोच हुन् । यसअघि सरकारले आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्