काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस का नेता रमेश लेखक हिरासत मुक्त भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराई का अनुसार सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई परिवारको जिम्मा लगाउँदै हाजिरी जमानीमा रिहा गरिएको हो ।
जेनजी आन्दोलनसँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका लेखक १३ औँ दिनपछि हिरासतबाट मुक्त भएका हुन् । गौरी बहादुर कार्की आयोग ले कारबाही सिफारिस गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यसअघि सोही प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि हिरासत मुक्त भइसकेका छन् ।







