पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रिहा, अस्पतालमै परिवारको जिम्मा

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो । प्रहरीका अनुसार अबको थप निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्नेछन् ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओलीलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरिएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि उनी त्रिवि शिक्षण अस्पताल मा उपचाररत थिए । ओलीकी पत्नी राधिका शाक्य ले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालत मा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतले चैत २३ गते अनुसन्धान चैत २६ भित्र टुंग्याउन आदेश दिएको थियो । सो अवधिमा अनुसन्धान नसकिने भए शर्तसहित रिहा गर्नुपर्ने आदेशसमेत दिएको थियो । रिहाइपछि ओलीलाई लिन उनकी पत्नी राधिका शाक्य अस्पताल पुगेकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्