काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघको निलम्बन फुकुवा र तत्काल चुनाव गराउन दिएको फिफा र एएफसी को निर्देशन अस्वीकार गरेको छ ।
फिफा र एएफसीले आइतबार राखेपलाई एन्फामाथि गरिएको निलम्बनमा तेस्रो पक्षीय हस्तक्षेप भएको ठहर गर्दै सात दिनभित्र निलम्बन फुकुवा गरी चुनाव गराउन सरकारलाई निर्देशन दिएका थिए ।
तर राखेपले उक्त निर्देशन अस्वीकार गर्दै फिफा र एएफसीलाई पत्राचार गरेको जनाएको छ ।
राखेपले निलम्बन फुकुवा सम्बन्धी निर्णय अघि बढाउन एन्फा, फिफा, एएफसी र राखेपबीच संयुक्त बैठक आवश्यक रहेको शर्त राखेको छ ।







