काठमाडौं । रामचन्द्र पौडेलले पर्सि शुक्रबार चैत २७ गते सङ्घीय संसद को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
राष्ट्रपति कार्यालय का अनुसार मन्त्रिपरिषद्को सिफारिसमा दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले निर्वाचनपछिको पहिलो अधिवेशनमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था रहेको छ ।







