काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएको छ ।
गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौं बाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अदालतले पक्राउको अनुमति दिइसके पनि देउवा दम्पत्ति हाल विदेशमा रहेकाले उनीहरूलाई पक्राउ गर्न सकिएको छैन । उनीहरू स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए र त्यहाँबाट हङकङ पुगेको बताइएको छ ।
यसअघि भएको ‘जेनजी आन्दोलन’ का क्रममा देउवा दम्पत्तिमाथि आक्रमण भएको तथा बुढानीलकण्ठस्थित निवासमा आगजनी हुँदा जलेका नोट भेटिएको विषय बाहिरिएको थियो । त्यसपश्चात् विभागले आवश्यक मुचुल्का उठाएर अनुसन्धान अघि बढाएको थियो ।
हाल उक्त प्रकरणको थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अघि बढाइरहेको बताइएको छ ।







