प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौंप्रतिनिधिसभा को बैठक आज बस्दैछ । बैठक मंगलबार दिउँसो १ः०० बजे सिंहदरबारमा सञ्चालन हुने सङ्घीय संसद् सचिवालय ले जनाएको छ ।

आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्