काठमाडौं – नेपाल सरकारको निर्णयअनुसार आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने भएका छन् । इन्धन खपत घटाउने उद्देश्यले सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा कार्यालय समय परिमार्जन गर्ने निर्णय गरेको हो । हिजो बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आजदेखि कार्यान्वयनमा आएको छ ।
गृह मन्त्रालयले उक्त निर्णय राजपत्रमा प्रकाशन गर्दै सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने जनाएको छ । तर शैक्षिक संस्थाबाहेक अन्य कार्यालय तथा निकायहरूका लागि बिहान ९ देखि बेलुकी ५ बजेसम्मको समय लागू हुनेछ ।
राजपत्रअनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि दिउँसोसम्म कायम गरिने उल्लेख गरिएको छ ।







