काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी तथा हिमाली केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार गएराति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भएको थियो । हाल काठमाडौँ उपत्यका सहित देशका केही पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
राति हिमाली क्षेत्रमा सामान्य बदली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का हिमाली क्षेत्रका केही स्थानमा तथा बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली क्षेत्रका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ ।







