शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाललाई हाजिरी जमानीमा रिहा

काठमाडौँ – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाललाई हाजिरी जमानीमा रिहा गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका अग्रवाललाई बोलाएका बखत उपस्थित हुने गरी छाडेको विभागले जनाएको छ ।

त्यही कसुरमा उहाँका छोरा शंकर ग्रुपकै सञ्चालक सुलभ अग्रवाल भने विभागको हिरासतमा हुनुहुन्छ । सुलभ अग्रवालविरुद्ध जिल्ला अदालत काठमाण्डाैले पाँच दिन म्याद थप गरेको छ ।

शङ्कर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक घरानाका रूपमा चिनिन्छ । यसको मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तुलगायत क्षेत्रमा लगानी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्