शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

काठमाडौं । शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेको हो।

विभागका एक अधिकारीका अनुसार उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउन नियन्त्रणमा लिइएको हो। पक्राउपछि अग्रवाललाई हाल जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ।

उनीमाथि अनुसन्धान प्रक्रिया जारी रहेको र आवश्यक प्रमाण सङ्कलनका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्