नेपाल प्रहरीमा ४०० भन्दा बढी प्राविधिक पदमा भर्ना खुला

काठमाडौँ – नेपाल प्रहरीले प्राविधिकतर्फ विभिन्न पदमा ४०० भन्दा बढी संख्यामा भर्ना खुलाएको छ। प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक तथा प्रहरी जवान पदहरूमा आवेदन खुला गरिएको हो। इन्जिनियरिङतर्फ कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक तथा अटोमोबाइल क्षेत्रमा जनशक्ति माग गरिएको छ।

यसैगरी, विधि विज्ञानतर्फ बायोलोजी र रसायन तथा स्वास्थ्यतर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट, सीएमएलगायत पदमा पनि भर्ना खुला गरिएको छ।

प्रहरी जवानमा २८० जना र अन्य पदहरूमा १२९ जनाका लागि दरखास्त आह्वान गरिएको छ। प्रहरी नायव उपरीक्षकदेखि सहायक निरीक्षकसम्मका पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने प्राविधिक प्रहरी जवानका लागि चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म म्याद तोकिएको छ।

इच्छुक तथा योग्य उम्मेदवारलाई तोकिएको म्यादभित्र आवेदन दिन नेपाल प्रहरीले अनुरोध गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्