सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो।

सभामुख पदका लागि निर्वाचन आउँदो चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट हुने तय गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्