आईपीएलमा दिल्ली क्यापिटल्सको जित, लखनउ सुपर जायन्टस ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टसलाई ६ विकेटले पराजित गरेको छ। गएराति भएको खेलमा लखनउले दिएको १४२ रनको लक्ष्य दिल्लीले १७ ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। दिल्लीका समीर रिजवीले अविजित ७० रन बनाउँदै टोलीलाई जित दिलाए। लखनउका प्रिन्स यादवले २ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको लखनउ १८ ओभर ४ बलमा १४१ रनमा अलआउट भयो। उसका अब्दुल समदले ३५ रन बनाए। दिल्लीका लुंगी न्गिडी र थांगारासु नटराजनले समान ३–३ विकेट लिए।

आईपीएल अन्तर्गत आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे कोलकातामा हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्