आईपीएल: राजस्थान रोयल्सद्वारा चेन्नई सुपर किङ्स ८ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्सलाई ८ विकेटले पराजित गरेको छ। चेन्नईले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १२ ओभर १ बलमा २ विकेट गुमाउँदै सहज जित हात पारेको हो। राजस्थानका वैभव सूर्यवंशीले ५२ रनको अर्धशतकीय पारी खेले भने यशस्वी जयसवाल ३८ रनमा अविजित रहनुभयो।

बलिङतर्फ चेन्नईका अंशुल कम्बोजले २ विकेट लिनुभयो। त्यसअघि गुवाहाटीमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई १९ ओभर ४ बलमा १२७ रनमा अलआउट भएको थियो। चेन्नईका जेमी ओभरटनले सर्वाधिक ४३ रन बनाउनुभयो। राजस्थानका जोफ्रा आर्चर, नान्द्रे बर्गररविन्द्र जडेजाले समान २-२ विकेट लिए।

शनिबारदेखि सुरु भएको इन्डियन प्रिमियर लिगको १९औँ संस्करणमा १० वटा टोली सहभागी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्