लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंको धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो।

उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ। सो घटनासम्बन्धी फाइल जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंबाट मुद्दा नचलाउने रायसहित तयार भई उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो।

बालिकाको उद्धारका क्रममा काठमाडौं महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि तथा प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्