ओली पक्राउपछि एमालेको आकस्मिक बैठक, आन्दोलन घोषणा गर्ने तयारी

File Photo

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक बैठक बोलाएको छ। पार्टीका सचिव महेश बस्नेतका अनुसार बिहान साढे ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो। उनले उक्त बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत जानकारी दिएका छन्।

बस्नेतले राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्वपूर्ण सूचक भएको उल्लेख गर्दै पछिल्ला घटनाक्रमले देशको राजनीतिक अवस्थाप्रति चिन्ता बढाएको बताएका छन्। साथै, बालेन्द्र शाह नेतृत्वको सरकारद्वारा सुधन गुरुङलाई गृहमन्त्री बनाइएको तथा पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको उनको भनाइ छ।

उनले यस्ता गतिविधिले राजनीतिक प्रतिशोध र पूर्वाग्रह झल्काउने दाबी गर्दै सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। साथै, सरकारी सम्पत्ति र सुरक्षाको संरक्षण गर्न नसक्ने प्रहरीहरू अहिले लोकतन्त्रका लागि लडेका नेताहरूलाई पक्राउ गर्न ठूलो संख्यामा परिचालन गरिएको भन्दै दुःख व्यक्त गरेका छन्। बस्नेतले प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न पार्टीका तर्फबाट सुरु हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्। साथै, बैठकपछि कार्यक्रमबारे विस्तृत जानकारी दिने जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्