भदौ २३-२४ घटनाको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ – नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाबारे गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। प्रतिवेदनले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरूमध्ये सुरक्षा निकायसँग सम्बन्धित विषयमा थप अध्ययन गर्न अलग समिति गठन गर्ने तथा अन्य विषयमा भने तत्काल कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई कारबाहीका लागि सिफारिस गरेको थियो। उक्त प्रतिवेदन तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको थियो र यसलाई सङ्घीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकले नवयुवा आन्दोलनलगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्नेहरूलाई श्रद्धाञ्जली अर्पण गर्ने निर्णय समेत गरेको छ। साथै सरकारको प्रवक्ताको जिम्मेवारी सस्मित पोखरेललाई तोकिएको छ, जो शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ।

सरकारले शासकीय सुधारका विभिन्न योजनाहरू समेत स्वीकृत गरेको जानकारी प्रवक्ता पोखरेलले दिनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्