काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट उप-महासचिव पदमा दुई जना चयन भएका छन्।
अधिवेशनबाट दिपक प्रसाद सापकोटा र जगनाथ खनाल उप-महासचिव पदमा चयन हुनुभएको हो। नवनिर्वाचित उप-महासचिवद्वयले संघको संगठन सुदृढीकरण, सदस्य विस्तार तथा व्यवसायिक हकहितको संरक्षणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै संघभित्र समन्वय, पारदर्शिता र प्रभावकारी कार्यशैली विकासमा आफ्नो भूमिका रहने उहाँहरूले बताउनुभएको छ।
यसअघि दिपक प्रसाद सापकोटा सचिव पदमा रहनुभएको थियो । नेपाल व्यापार संघको नयाँ कार्यसमिति चयनसँगै संघमा नयाँ ऊर्जा र सक्रियताको अपेक्षा गरिएको छ।
गिरिराज पोखरेलको अध्यक्षतामा नेपाल व्यापार संघको नयाँ कार्यसमिति चयन
काठमाडौँ उपत्यकाबाट उपाध्यक्षमा प्रकाश श्रेष्ठ चयन हुँदा सातै प्रदेशबाट दिपक सापकोटा, चिफबहादुर थापा, निरञ्जन सेढाईं, किशोरकुमार गौतम, नरबहादुर गौतम, चक्रप्रसाद पौडेल र कमल शर्मा उपाध्यक्षमा चयन भएका छन्। महासचिवमा ज्योतिकुमार श्रेष्ठ, कोषाध्यक्षमा देवराज कार्की तथा उपमहासचिवमा दिपकप्रसाद सापकोटा र जगन्नाथ खनाल चयन भएका छन्।
सचिव पदमा महिला सचिवका रूपमा शुसिला चौलागाई र शर्मिला लुईँटेल चयन भएका छन् भने अन्य सचिवहरूमा उद्धवप्रसाद गौतम, प्रितमराज पाठक, प्रेम गौतम, रामचन्द्र भुषाल, राजु गौतम, प्रविन बगाले र गणेश सिवाकोटी रहेका छन्। सहसचिवमा रामकुमार श्रेष्ठ, कमलराज अधिकारी, केदार पोखरेल, शारदा रेग्मी सुवेदी, विष्णुप्रसाद शर्मा, अनिल खतिवडा र विवेक खत्री तथा सहकोषाध्यक्षमा आङ छिरिङ शेर्पा र चण्डी कुमारी ढकाल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा सुवास कडेल, आनन्द न्यौपाने, नविन भट्टराई, महेश मित्र पण्डित, हरिशरण पराजुली, प्रदीप कार्की, प्रवेश भट्ट, सुमन राई, सोमबहादुर श्रेष्ठ, सुजता बुढाथोकी खड्का, सुवास परियार, एकराज विष्ट, लवदेव भट्ट, पुनम खत्री बञ्जारा, जनम पाण्डे, सुरेन्द्र श्रेष्ठ, उर्मिला पराजुली, मीना पौडेल, डोलेश्वर सिवाकोटी, रत्नबहादुर देवकोटा, सुरेश तिवारी, अम्बिका हुमागाईँ, प्रकाश श्रेष्ठ, बलभद्र ढकाल, शान्तवीर व्याञ्जु, हरिलाल कँडेल, विकास अग्रवाल, दुर्गाप्रसाद न्यौपाने, शिवकुमार घिमिरे, अनुप अग्रवाल, सीताराम चुहान, सुजनकुमार श्रेष्ठ, कृष्णप्रसाद भट्टराई, रेशमकुमार श्रेष्ठ, अच्युत सापकोटा, भुवन थापा, समिर डोटेल, सारदा प्रसाद पराजुली, बोलकुमारी भण्डारी, तारादेवी श्रेष्ठ, पासाङ डोल्मा शेर्पा, दिपककुमार कार्की, दिनेशचन्द्र भट्टराई, सुशिल प्रधान, इन्द्रकुमार मैनाली, सृजना गुरुङ, मनिषकुमार भेटवाल, रमेश भट्टराई, सुरेश खतिवडा, बाबुराम सापकोटा, शम्भुप्रसाद आचार्य, शम्भुकुमार रौनियार, डिल्लीबहादुर विष्ट, विक्रम खड्का, नरेश थापा, प्रवेश भट्ट, उद्धव पन्त, रिता काफ्ले, बासना श्रेष्ठ र रमेश गौतम चयन भएका छन्। नवगठित कार्यसमितिले संघलाई थप सशक्त, व्यवस्थित र व्यवसायीमैत्री बनाउँदै व्यापारिक हकहित संरक्षण र संस्थागत विकासका क्षेत्रमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।






