आज र भोलि हुरीबतास र असिनासहित वर्षाको सम्भावना, विशेष सतर्कता अपनाउन आग्रह

सांकेतिक तस्बिर

काठमाडौँ – देशभर प्रि-मनसुन सक्रिय बन्दै जाँदा आज र भोलि नेपालका धेरै स्थानमा मौसम प्रतिकूल रहने सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो बेलुकादेखि सुरु भएको बदली र वर्षा अझै केही दिन कायम रहनेछ। महाशाखाले जनाएको अनुसार आज सबै प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा तराईका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको जनाइएको छ।

भोलि पनि मौसम पूर्ण रूपमा सुधार नहुने संकेत गर्दै कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जन र चट्याङसहित वर्षा जारी रहने अनुमान गरिएको छ। प्रि–मनसुनको यो समयमा मौसम अचानक परिवर्तन हुने भएकाले महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। हावाहुरी, चट्याङ र असिनाबाट जनधनको क्षति हुन सक्ने भन्दै सर्वसाधारणलाई सुरक्षित रहन, खुला स्थानमा नबस्न तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्