टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

काठमाडौँ – पहिलो पटक आयोजना हुन लागेको ईयू टी–२० मा नेपालका ८ जना खेलाडी विभिन्न टोलीबाट सहभागी हुने भएका छन्। बेल्जियममा सञ्चालन हुने यस प्रतियोगितामा नेपाली क्रिकेटको उल्लेखनीय उपस्थिति देखिएको छ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरी सहित सन्दीप लामिछाने, अनिल शाह, गुल्शन झा, आसिफ शेख, ललित राजवंशीइशान पाण्डे गरी ८ खेलाडी ड्राफ्टमा परेका हुन्।उपकप्तान ऐरीलाई जेबी ब्रुग्स ले प्रि–साइन गरेको थियो भने सन्दीप लामिछाने लियेज रेड लायन्स मा आबद्ध भएका छन्। कप्तान रोहित पौडेललाई गेन्ट ग्लाडियटर्स ले क्याटेगोरी ‘बी’ बाट अनुबन्ध गरेको छ।

त्यस्तै, विकेटकिपर आसिफ शेख एन्टवर्प एंकर्स मा क्याटेगोरी ‘सी’ बाट अनुबन्ध भएका छन्। ललित राजवंशी र इशान पाण्डेलाई जेबी ब्रुग्सले ड्राफ्ट गरेको छ भने अप्सनल राउन्डमार्फत अनिल शाह र गुल्शन झा पनि सोही टोलीमा समावेश भएका छन्। यस सहभागितालाई नेपाली क्रिकेटका लागि अन्तर्राष्ट्रिय अवसरको नयाँ ढोका खुलेको रूपमा हेरिएको छ, जहाँ युवा तथा अनुभवी खेलाडीहरूले युरोपियन क्रिकेटमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्