नेपाल व्यापार संघको महिला सचिवमा सुशिला चौलागाई र शर्मिला लुइँटेल सर्वसम्मत चयन

काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट महिला सचिव पदमा सुशिला चौलागाई र शर्मिला लुइँटेल सर्वसम्मत निर्वाचित हुनुभएको छ। राष्ट्रिय सभा गृहमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै उहाँहरूलाई उक्त जिम्मेवारी प्रदान गरेको हो। अधिवेशनले संघभित्र नयाँ नेतृत्व र ऊर्जा भित्र्याउने अपेक्षासहित महिला नेतृत्वलाई समेत महत्वपूर्ण जिम्मेवारी दिएको छ।

शनिवार सम्पन्न अधिवेशनबाट अध्यक्ष गिरिराज पोखरेलको नेतृत्वमा ९७ सदस्यीय कार्यसमिति चयन गरिएको छ। जसमा महिला सचिवमा चौलागाई र लुइँटेलसँगै अन्य सचिव पदमा प्रविन बगाले, उद्धवप्रसाद गौतम, प्रितमराज पाठक, प्रेम गौतम, रामचन्द्र भुषाल, राजु गौतम र गणेश शिवाकोटी चयन भएका छन्। नयाँ कार्यसमितिले संघलाई अझ प्रभावकारी, समावेशी र सदस्यकेन्द्रित बनाउँदै व्यवसायीहरूको हकहितमा काम गर्ने विश्वास लिइएको छ।

यस अघि अध्यक्षमा हरि गौतम थिए भने १७ औँ अधिवेशनमा अध्यक्षमा हरि गौतम नदोहरिने भएपछि सर्वसम्मतबाट गिरिराज पोखरेल अध्यक्षमा चयन भएका हुन् । यसअघि गिरिराज पोखरेल प्रथम उपाध्यक्षमा हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्