काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनबाट सचिव पदमा प्रविन बगाले सर्वसम्मत निर्वाचित हुनुभएको छ। राष्ट्रिय सभा गृहमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै बगालेलाई सचिवको जिम्मेवारी दिएको हो। अधिवेशनको माहोल तातिँदै जाँदा ‘काम गर्ने प्रतिबद्धता’का साथ मैदानमा उत्रिनुभएका बगालेले अन्ततः सदस्यहरूको विश्वास जित्दै सफलता हासिल गर्नुभएको हो।
निर्वाचनअघि नै संघलाई सुदृढ बनाउदैँ व्यापारिक तथा व्यवसायिक हक हितका लागि अग्रपङ्तिमा खटिने वाचा गरेका बगाले ‘सदस्य केन्द्रित संघ’ बनाउने अवधारणा अघि सार्नुभएको थियो। उहाँले संघको कार्यप्रणालीलाई डिजिटल, पारदर्शी र प्रभावकारी बनाउने, सदस्यहरूसँग प्रत्यक्ष सम्पर्क र सूचना प्रवाह प्रणाली विकास गर्ने तथा सरकारी निकायसँग समन्वय मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
युवा नेतृत्वको प्रतिनिधित्व गर्दै बगालेले संघलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी व्यवसायीको दैनिक समस्यासँग प्रत्यक्ष जोडिने संस्थाका रूपमा विकास गर्ने लक्ष्य राख्नुभएको छ। “बोल्नेभन्दा गर्ने नेतृत्व आवश्यक छ,” भन्ने नाराका साथ अघि बढ्नुभएका बगालेको जितलाई संघभित्र नयाँ ऊर्जा र परिवर्तनको संकेतका रूपमा लिइएको छ।
शनिवार भएको ३३ औँ साधारण सभा तथा १७ औँ अधिवेशनबाट अध्यक्ष गिरिराज पोखरेलको नेतृत्वमा मनोनित गरि ९७ सदस्यी कार्यसमिति चयन भएको छ । कुल १०५ सस्यीय कार्यसमितिमा बाँकि सदस्य मनोनित हुनेछन् । जसमा महिला सचिवमा शुसिला चौलागाई र शर्मिला लुईँटेल चयन भए भने अन्य सचिवमा प्रविन बगालेसँगै उद्धव प्रसाद गौतम, प्रितम राज पाठक, प्रेम गौतम, रामचन्द्र भुषाल, राजु गौतम, गणेश सिवाकोटी समेत चयन भएका छन् ।







