रास्वपा सांसदलाई रवि लामिछानेको निर्देशन: जिम्मेवार र अनुशासित बन्न आग्रह

काठमाडौं – २१ फागुनमा सम्पन्न आम निर्वाचनमा ऐतिहासिक जनमत प्राप्त गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफ्ना सांसदहरूलाई जिम्मेवार र अनुशासित बन्न कडा निर्देशन दिएका छन्। ललितपुरको ग्वार्कोमा जारी अभिमुखीकरण कार्यक्रममा बुधबार सम्बोधन गर्दै लामिछानेले आफू विगतको विद्रोही र आलोचक छविबाट माथि उठ्दै जिम्मेवार नेता र संस्थागत नेतृत्वको रूपमा रूपान्तरण हुन खोजेको संकेत दिएका छन्।

उनको सम्बोधन पुरानो राजनीतिक शैलीको अन्त्य, इतिहासको सम्मान, सामाजिक न्याय र लगानीकर्तालाई आश्वस्त पार्ने विषयमा केन्द्रित थियो। लामिछानेको मन्तव्य ‘पपुलिस्ट’ शैलीबाट परिपक्व र जिम्मेवार नेतृत्वतर्फ उन्मुख भएको अनुभूति हुनेगरी प्रस्तुत भएको थियो।

उनले आफ्ना सांसदहरूलाई शक्तिको उन्मादबाट टाढा रहन, जिम्मेवारीको बोध गर्न र दललाई सहिष्णु, परिपक्व तथा परिणाममुखी संस्थाको रूपमा विकास गर्न स्पष्ट निर्देशन दिएका छन्। साथै, उनले इतिहास निर्माण गरेका परम्परागत दलका नेताहरूप्रति कृतज्ञता प्रकट गर्दै भविष्य निर्माणको जिम्मा आफ्नो दलले लिने प्रतिबद्धता व्यक्त गरे।

सामाजिक सञ्जालमा प्रतिक्रियात्मक अभिव्यक्ति दिने प्रवृत्ति त्याग्न उनले नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। बहुरंगी पृष्ठभूमिबाट आएका सांसदहरूलाई पार्टी अनुशासनभित्र रहेर काम गर्न र मतदातालाई निराश बनाउने खालका अभिव्यक्ति नदिन समेत उनले आह्वान गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्