दार्चुला – लेकम गाउँपालिका–२ रातामाटामा रहेको हुनैनाथ माध्यमिक विद्यालयमा भएकोअभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति (विव्यस) का चार सदस्य सर्वसम्मत रूपमा चयन गरेको छ।
भेलाबाट पदम राज जोशी, जगत सिंह धामी, हरिना पन्त र किरन जोशी लाई विव्यस सदस्यमा चयन गरिएको हो। सर्वसम्मत रूपमा चयन भएका सदस्यहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, व्यवस्थापन सुधार तथा अभिभावक-विद्यालय समन्वयलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।







