आज घोडेजात्रा पर्व, टुँडिखेलमा विशेष प्रदर्शन हुने, उपत्यकामा सार्वजनिक विदा

FILE PHOTO @ 2075

काठमाडौँ- आज घोडेजात्रा पर्व काठमाडौँ उपत्यकामा मनाइँदैछ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने यो पर्वमा टुँडिखेलको पूर्व–दक्षिण क्षेत्रमा बस्ने भनिएको ‘गुरुमापा’ नामक राक्षसको आतंकबाट बालबालिकालाई जोगाउन घोडा दौडाइने परम्परा रहेको जनविश्वास छ। सोही विश्वासअनुसार घोडाको टापले गुरुमापाको आत्मालाई दबाउने गरिन्छ भने राति उक्त स्थानमा खानेकुरा चढाउने चलन पनि छ।

यस अवसरमा नेपाली सेना ले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकला प्रदर्शन गर्दै आएको छ। पर्वको अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

यसैबीच ललितपुर मा पनि परम्परागत रूपमा एकल घोडा दौडाएर घोडेजात्रा मनाउने चलन रहेको छ। बालकुमारी ज्यापुटोलको भीमसेन गुठीको आयोजनामा हुने यस जात्रामा एक गुठियारले घोडामा चढेर बल्खु चिवहाः, गणेश मन्दिर हुँदै बालकुमारी मन्दिरको परिक्रमा गर्छन्।

त्यस्तै, तारकेश्वर नगरपालिका मा पहिलोपटक घोडेजात्रा महोत्सव आयोजना गरिएको छ। नगरपालिकाका मेयर कृष्णहरि महर्जन का अनुसार धर्म, संस्कृति र स्थानीय इतिहासको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो, जसले टुँडिखेल पुग्न नसक्नेहरूलाई समेत घोडेजात्राको अनुभव दिलाउने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्