इरान युद्धका कारण ट्रम्पको चीन भ्रमण स्थगित हुन सक्ने सम्भावना

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको युद्धका कारण यही मार्चको अन्त्यमा तय भएको चीन भ्रमण झन्डै एक महिना पछाडि सार्ने योजना बनाएको बताएका छन्। युद्धको अवस्थालाई नजिकबाट निरीक्षण गर्न आफू उपलब्ध रहनु आवश्यक रहेको भन्दै उनले भ्रमण स्थगित गर्न प्रस्ताव गरेको बीबीसी ले जनाएको छ।

ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको भेटवार्ता मार्च ३१ देखि अप्रिल २ सम्म हुने तय भएको थियो। यो भेटवार्ता गएको वर्ष अक्टोबरपछि हुन लागेको महत्वपूर्ण उच्चस्तरीय संवाद मानिएको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियान ले अमेरिकी राष्ट्रपतिको भ्रमण समय र अन्य विषयमा दुवै देशबीच निरन्तर संवाद भइरहेको जानकारी दिएका छन्। यसैबीच ट्रम्पको भ्रमण ढिलाइ हुने विषय र खाडी क्षेत्रको महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुज खोल्ने मुद्दाबीच कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ।

यसअघि ट्रम्पले बेलायती पत्रिका फाइनान्सियल टाइम्स सँग चीनले हर्मुज मार्ग खोल्न सहयोग नगरे भ्रमण स्थगित गर्न सक्ने बताएका थिए। तर पछिल्लो अभिव्यक्तिमा उनले इरान युद्ध व्यवस्थापनका लागि आफू उपस्थित रहनुपर्ने भएकाले मात्र भ्रमण सार्ने योजना बनाएको स्पष्ट पारेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्