सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो भने सुनको भाउ तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँ कायम रहेको थियो। अघिल्लो दिनको तुलनामा हिजो मात्रै सुनको मूल्य ४ हजार ८०० रुपैयाँले बढेको थियो।

यसैबीच आज चाँदीको भाउ भने घटेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्