रास्वपाले समानुपातिकतर्फका ५७ सांसदको सूची आयोगमा पठायो

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत प्रतिनिधिसभा निर्वाचन २०८२ मा समानुपातिकतर्फ प्राप्त सिटका लागि सांसदहरूको नाम टुंगो लगाएर निर्वाचन आयोग मा सिफारिस गरेको छ। रास्वपाको सचिवालय बैठकले आइतबार नाम टुंगो लगाएर आयोगमा पठाए पनि औपचारिक रूपमा सार्वजनिक गरेको थिएन। पार्टीका प्रवक्ता मनिष झा का अनुसार आयोगले स्वीकृति दिएपछि मात्रै सूची सार्वजनिक गरिने बताइएको थियो।

रास्वपाले विभिन्न क्लस्टरबाट ४८ महिला र ९ पुरुष गरी कुल ५७ जनाको नाम आयोगमा सिफारिस गरेको छ। प्राप्त सूचीअनुसार जेनजी आन्दोलनका घाइते प्रकाश बोहोरा भने सूचीमा समेटिएका छैनन्। बन्दसूचीमा खसआर्य समूहको चौथो स्थानमा रहेका बोहोराको नाम अन्तिम ५७ जनाको सूचीमा नपरेको जनाइएको छ। सूचीअनुसार खसआर्य महिला समूहबाट १६ जना, खसआर्य पुरुषबाट १ जना, थारु महिलाबाट २ र पुरुषबाट २ जना, मधेशी महिलाबाट ७ र पुरुषबाट २ जना, मुस्लिम महिलाबाट ३ जना, दलित महिलाबाट ७ र पुरुषबाट १ जना, आदिवासी जनजाति महिलाबाट १३ र पुरुषबाट ३ जना सिफारिस भएका छन्।

यसरी विभिन्न समुदाय र क्लस्टरको प्रतिनिधित्व मिलाउँदै रास्वपाले समानुपातिकतर्फका सांसदहरूको नाम आयोगमा पठाएको हो। निर्वाचन आयोगले सूचीको अन्तिम प्रमाणीकरण गरेपछि नाम सार्वजनिक हुने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्