समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौंनेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठक दिउँसो १ बजे बीपी नगर स्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको जनाइएको छ। निर्वाचनअघि निर्वाचन आयोग मा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्येबाट दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी आयोगमा पठाउने विषयमा बैठकमा छलफल तथा निर्णय गरिनेछ।

पार्टीले केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको समयमा उपस्थित हुन अनुरोध गरेको छ। समानुपातिकतर्फ कांग्रेसले २० सिट पाउने भएको छ। गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचन मा पार्टीले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्