समानुपातिक मतमा रास्वपाले ५० लाख मत कटायो

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५० लाख मत कटाएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार अहिलेसम्म १ करोड ४ लाख १९ हजार २३४ मत गणना हुँदा रास्वपाले ५० लाख ५२ मत प्राप्त गरेको छ ।

यस्तै नेपाली कांग्रेसले १६ लाख ९२ हजार ७८६, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १४ लाख ११ हजार ४२९, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ६ लाख ६६ हजार ८७५, श्रम संस्कृति पार्टीले ३ लाख ५८ हजार ४१५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेका छन् ।

यस परिणामअनुसार रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले ३ प्रतिशत थ्रेसहोल्ड पूरा गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा झन्डै १ करोड १० लाख मत खसेको थियो । आयोगले आज बेलुकासम्म समानुपातिकतर्फका सबै मत गणना सकिने जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्