४७ लाख बढी मतसहित समानुपातिकतर्फ रास्वपा अग्रस्थानमा, ९८ लाख ५७ हजार मत गणना

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फ देशभरबाट प्राप्त मतगणनाको एकीकृत विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा रहेको छ । हालसम्म गणना भएको ९८ लाख ५७ हजार ६७३ मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ४७ लाख ४७ हजार ५६३ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १५ लाख ९५ हजार १६४ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १३ लाख ३० हजार ४१० मत पाएको छ ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीले ७ लाख १८ हजार ४ मत प्राप्त गरेको छ भने श्रम संस्कृति पार्टीले ३ लाख ३८ हजार ५८८ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख १२ हजार २०७ मत पाएको छ ।

यसैगरी जनता समाजवादी पार्टी, नेपालले १ लाख ६१ हजार ८८८ मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ५४ हजार ४०१ मत प्राप्त गरेको छ । जनमत पार्टीले ७१ हजार ६९४ मत प्राप्त गरेको छ ।

अन्य दलहरूले भने तुलनात्मक रूपमा कम मत प्राप्त गरेका छन् । मतगणनाको विवरण देशभरका मतगणना स्थलबाट प्रणालीमा प्रविष्ट गरिएको तथ्याङ्कका आधारमा तयार गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्