श्रम संस्कृति पार्टीले खोल्यो खाता, खोटाङ-१ मा आरेन राई विजयी

खोटाङ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत खोटाङ क्षेत्र नम्बर १ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन् । राईले १६ हजार ६१२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै जित दर्ता गराएका छन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार देवविक्रम राईले १२ हजार ७१४ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी राईले ११ हजार ९५७ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएका छन् ।

विजयी उम्मेदवार आरेन राईले एमालेका उम्मेदवार देवविक्रम राईलाई ३ हजार ८९८ मतान्तरले पराजित गरेका हुन् । निर्वाचन परिणाम सार्वजनिक भएसँगै खोटाङमा श्रम संस्कृति पार्टीले महत्वपूर्ण राजनीतिक सफलता हासिल गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्