बालेनको विजयले अब प्रधानमन्त्रीको यात्रा निश्चित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्नो निर्वाचित प्रमाणपत्र ग्रहण गरेका छन् । मुख्य निर्वाचन कार्यालयका अधिकारीहरूले उनलाई औपचारिक रूपमा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । बालेनको यो विजयले अब प्रधानमन्त्रीको यात्रा निश्चित गरेको छ ।

निर्वाचनको अन्तिम परिणाम अनुसार बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । एमाले अध्यक्ष ओलीले भने १८ हजार ७३४ मत प्राप्त गरेका छन् । यसरी शाह र ओलीबीच ४९ हजार ६१४ मतको ठूलो अन्तर कायम भएको छ ।

यस वर्षको प्रतिनिधिसभा निर्वाचनमा झापा–५ देशकै सबैभन्दा बढी चर्चित निर्वाचन क्षेत्रमध्ये एक बनेको थियो । काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले उम्मेदवारी दिएपछि एमाले अध्यक्ष ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर राष्ट्रिय स्तरमै व्यापक चर्चा भएको थियो । अन्ततः मतदाताले शाहलाई भारी मतका साथ विजयी गराउँदै नयाँ राजनीतिक सन्देश दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्