६ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत विभिन्न जिल्लाका ६ निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन्। सार्वजनिक मतपरिणाम अनुसार डोटीमा भरतबहादुर खड्का १४,८९७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी दीपकबहादुर धामी (नेकपा एमाले) ले १४,११० मत प्राप्त गरेका छन्। दैलेख-१ मा बासना थापा १२,३७२ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी रवीन्द्रराज शर्मा (नेकपा एमाले) ले ११,७९६ मत पाए।

तेह्रथुममा सन्तोष सुब्बा ११,५६१ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी भानुभक्त ढकाल (नेकपा एमाले) ले १०,६८२ मत प्राप्त गरेका छन्। रसुवामा मोहन आचार्य १०,६५६ मतसहित विजयी हुँदा वसन्त भट्ट (राष्ट्रिय स्वतन्त्र पार्टी) ले ५,५७१ मत पाए।

त्यस्तै मुस्ताङमा योगेश गौचन थकाली ३,३०७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रधारा डादु विष्ट (नेकपा एमाले) ले १,८०६ मत प्राप्त गरेका छन्। मनाङमा टेकबहादुर गुरुङ २,४१५ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी यशोदा गुरुङ (सुवेदी) (नेपाली कम्युनिस्ट पार्टी) ले ४५४ मत प्राप्त गरेका छन्। यससँगै यी निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले आफ्नो उपस्थिति बलियो बनाएको देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्