काठमाडौँ – एक मात्रै निर्वाचन क्षेत्र रहेको रसुवा जिल्ला मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस का उम्मेदवार मोहन आचार्य विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार आचार्यले १० हजार ६५६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार बसन्त भट्ट ले ५ हजार ५७१ मत प्राप्त गरेका छन्।
यससँगै रसुवा प्रतिनिधिसभा क्षेत्रमा कांग्रेसले जित हात पारेको छ।







