काठमाडौँ – प्रतिनिधिसभा सदस्य चुनावमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ। रुकुम पूर्व जिल्ला बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्ड ६ हजार ७७८ मतान्तरले विजयी हुनुभएको हो।
उहाँले १० हजार २४० मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम् प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का लीलामणि गौतम ले ३ हजार ४६२ मत प्राप्त गर्नुभयो भने नेपाली कांग्रेस की उम्मेदवार कुसुमदेवी थापा ले ३ हजार ८१ मत प्राप्त गर्नुभएको छ।
रुकुम पूर्वमा ३४ हजार ७७२ मतदाता रहेकामा १९ हजार १८८ मत खसेको थियो।







