काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ दोस्रो पटक विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २ सय १७ मत प्राप्त गरे । नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारी २ हजार ८ सय ३५ मत ल्याएर तेस्रो स्थानमा रहिन् भने नेकपा (एमाले) का उम्मेदवार राजेश शाक्य १ हजार ९ सय ९ मतसहित चौथो स्थानमा सीमित भए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि श्रेष्ठ सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसपछि उनी केही समय युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।







