काठमाडौं-६ मा रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। घन्टी चुनाव चिन्हबाट चुनाव लडेका खनालले कुल १४ हजार २०४ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ९११ मत प्राप्त गरे भने नेपाली कांग्रेसका भीमसेन दास प्रधान ८ हजार ८०५ मतसहित तेस्रो स्थानमा रहे।

विजयी खनाल ‘टिच फर नेपाल’ का संस्थापकसमेत हुन्। उनका प्रतिस्पर्धी सर्वेन्द्र खनाल नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) हुन् भने भीमसेन दास प्रधान पूर्व रक्षामन्त्री हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्