काठमाडौं- देशभरका विभिन्न निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनाको प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता लिएको देखिएको छ। प्रारम्भिक रुपमा दुईतिहाइभन्दा बढी निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अगाडि देखिएका छन्। २६ ठाउँमा मतगणना हुदा रास्वपा २१ ठाउँमा अग्र स्थानमा देखिएको छ ।
विगतका निर्वाचनहरूमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू निरन्तर निर्वाचित हुँदै आएका क्षेत्रहरूमा समेत यसपटक रास्वपाले प्रारम्भिक अग्रता लिएको देखिएको हो।
केही निर्वाचन क्षेत्रमा गए रातिदेखि नै मतगणना सुरु भएको छ भने अन्य केही स्थानमा आज बिहान ७ बजेदेखि मतगणना प्रक्रिया सुरु हुने तयारी गरिएको निर्वाचन अधिकृतका कार्यालयहरूले जनाएका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझ केही समय लाग्ने अनुमान गरिएको छ।







