काठमाडौं । निर्वाचन आयोगले बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको जनाएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा देशभर करिब ६० प्रतिशत मत खसेको जानकारी दिएका हुन्।
उनका अनुसार केही स्थानमा मतदान प्रक्रियामा सहभागी भइसकेका मतदाताका कारण मतदान अझै जारी रहेको छ।
निर्वाचन आयोगले मतदानको समय साँझ ५ बजेसम्म निर्धारण गरेको थियो। तर सो समयभित्र मतदान केन्द्र परिसरमा प्रवेश गरिसकेका मतदातालाई भने मतदान गर्न दिने व्यवस्था गरिएको आयोगले जनाएको छ।








