काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन गर्ने काम भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार आजै सर्वदलीय बैठक बस्नेछ। उक्त बैठकको निर्णयपछि मात्र मतगणना सुरु गरिने जनाइएको छ।
अहिले मतदान केन्द्रहरूबाट मतपेटिका सिल गर्ने तथा संकलन गर्ने काम जारी छ। यसपटक झापा–५ देशकै सर्वाधिक चासोको निर्वाचन क्षेत्रमध्ये एकका रूपमा हेरिएको छ।







