सर्लाहीको बलरा–४ मा रोकिएको मतदान पुनः सुरु

काठमाडौं । सर्लाही जिल्ला को बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा केहीबेर रोकिएको मतदान पुनः सुरु भएको छ।

श्री प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा दुई पक्षका कार्यकर्ताबीच विवाद भएपछि मतदान केही समयका लागि अवरुद्ध भएको थियो। विवाद मिलाउन प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसहितको टोली घटनास्थलमा पुगेपछि स्थिति सामान्य बनेको हो।

यो क्षेत्र अमरेशकुमार सिंह को पालिका हो। घटनास्थलमा सिंह पनि पुगेपछि विपक्षी पक्षले विवाद चर्किएको आरोप लगाएका छन्।

सुरक्षा निकाय र प्रशासनको पहलमा अहिले विवाद मिलाइएपछि मतदान पुनः सुरु गरिएको छ। यसअघि बलरा नगरपालिका–१ मा पनि केही समय तनाव उत्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्